कोरोनाको असरः ४४२ कैदीबन्दी छुटे
प्रकासित मिति : २०७७ बैशाख २४, बुधबार ०७:२३
प्रकासित समय : ०७:२३
कारोना संक्रमणको त्रासपछि देशभरका कारागारमा विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ४४२ जना कैदीबन्दीले कैद छुट पाएको खबर राजधानी दैनिकमा छापिएको छ ।
सर्वोच्च अदालतको आदेशपछि सरकारले कारागारभित्र रहँदा चालचलन असल देखिएका, १९ वटा निषेधित मुद्दाबाहेकमा कैद सजाय तोकिएर ५० प्रतिशत कैद भुक्तान गरिसकेका र वृद्ध तथा बालबालिकालाई कैद छुट गरेको हो ।
तर, राज्यविरुद्धको अपराध, युद्ध अपराध, कैदबाट भागेका तथा भगाइएको मुद्दामा कैद काटिरहेकाको कैद छुट हुनेछैन ।