इटालीमा मृतकको संख्या २९ हजार ३१५ पुग्यो
प्रकासित मिति : २०७७ बैशाख २४, बुधबार ०६:१९
प्रकासित समय : ०६:१९
काठमाडौं ,कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन २३६ जनाको मृत्यु भएको छ ।
योसँगै इटालीमा मृतकको संख्या २९ हजार ३१५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ७७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १३ हजार १३ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये ८५ हजार २३१ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९८ हजार ४६७ जनामध्ये १ हजार ४२७ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।