आज हावाहुरीसहित पानी पर्ने

काठमाडौं , आगामी शुक्रबारसम्म देशभर हावाहुरीसहित वर्षा हुने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन । 

दिउँसोसम्म केही पहाडी क्षेत्रका साथै पूर्वी र मध्यतराईका केही स्थानहरुमा मेघगर्जनसहित चट्याङ र हावाहुरीसहितको असिना पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।