यो देश बदलिदासम्म, समाज बदलिदासम्म…
प्रकासित मिति : २०७७ बैशाख २३, मंगलवार १३:५७
प्रकासित समय : १३:५७
यो देश बद्लीदासम्म ,समाज बद्लीदासम्म
आऊ टाढा गएर प्रेम गरौ, मन भरीदासम्म ।
मर्दा पैसाले सृंगार गर्छन बाआमाका लासहरु
बाचेको बेला दिन्छन दुःखपिडाहरु दिदा सम्म ।
तिम्रो दोपट्टा च्यातिदा पनी सरकार घरमै पुग्छ
मौन बस्छ सरकार हाम्रो इज्जत लुटिदा सम्म ।
बा’देसका लागी लडेका थिए हरेक चुनौकी संग
औलाहरु काटीदा सम्म खुट्टाहरु भाचिदा सम्म ।
श्रिमती-श्रिमती जस्ती रहदिनन आज भोली
अरे! प्रदेस बाट प्रदेसीहरु घर फर्किदा सम्म ।
अछाम,