नेपालगञ्ज सुरक्षामा खटिएका प्रहरीमाथि ढुङ्गामुढा, गाडिमा तोडफोड
नेपालगन्ज, बाँकेको नेपालगञ्जमा सुरक्षामा खटिएका प्रहरीमाथि स्थानीयबासीहरुले ढुङ्गामुढा प्रहार गरेका छन् । बिहान त्रिवेणी मोडमा लकडाउन उल्लघंन गर्ने समुहले प्रहरीमाथि ढुङ्गामुढा गरेका हुन ।

वडा प्रहरी कार्यालय प्रमुख हरि बस्नेतका अनुसार डिउटीमा खटिएका प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै वडा प्रहरी कार्यालय नेपालगञ्जको मोबाइल गाडिमा समेत तोडफोड गरिदिएका छन् । बा १ झ ८२८४ नम्बरको पीकअप गाडी तोडफोड गरेकाछन् । लकडाउनकाबीच लागेको भीड हटाउन खोज्दा प्रहरी र स्थानीयबीच विवाद बढेपछि उत्पन्न परिस्थितीका कारण झडप भएको हो ।
आक्रोसित स्थानीयलाई साम्य गराँउदा उनीहरले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो मात्रामा प्रहरी परिचालन गरि भीड नियन्त्रणमा लिने काम गरेकोछ ।
बाँके प्रशासनले नेपालगन्जमा निशेधाज्ञा लागु गरेकै दिन स्थानीय प्रहरी र स्थानीयबीच झडप भएकाे हाे । आज मंगलबार मात्रै नेपालगन्जमा थप ७ जनामा कोरोना पोजेटिभ पाइएकोछ । योसगै नेपालगन्जमा कोरोना संक्रमित संख्या २३ पुगेको छ ।

