अप्ठ्यारोमा परेकालाई नि:शुल्क खाना खुवाउँदै धुर्मुस सुन्तली

काठमाडौं , लकडाउनका कारण समस्यामा परेकालाई धुर्मुस सुन्तली फाउन्डेसनले खाद्य सामग्री वितरण र खाना खुवाउने कार्य गरेको छ ।

फाउन्डेसनले अपाङ्ग, दृष्टिविहीन, मिर्गौला पीडित लगायत पीडामा रहेकाको पहिचान गरेर निवासमै पुगी नगद हस्तान्तरण गरेको जनाएको छ ।

फाउन्डेनले ललितपुर–१४ को प्रतिभा भवनअगाडि बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म निःशुल्क भोजन गराउने पनि जानकारी गराएको छ । धुर्मुस सुन्तली फाउन्डेसनले केही दिनयता लकडाउनका कारण समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएको छ ।