बिद्यार्थीलाई लक्षित गर्दै बिशेष राहत प्याकेज घोषण गर्न अनेरास्ववियूको माग
प्रकासित मिति : २०७७ बैशाख २२, सोमबार २२:२६
प्रकासित समय : २२:२६
नेपालगन्ज, बाँके अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन बाँकेले सरकारले लागु गरेको लकडाउनका कारण श्रमजिवी र विद्यार्थी बढि मर्कामा परेकाले उनिहरुलाई आगामी बजेटमा रोजगार सहितको विशेष राहत प्याकेज ल्याउन माग गरेकाे छ । सोमबार अनेरास्ववियू बाँकेका संयोजक सुरेन्द्र जंङ्ग शाह (जम्बो) र सहसंयोजक टेकेन्द्र मल्लले एक विज्ञप्ती जारी गर्दै बिद्यार्थीहरूका लागि बिशेष प्याकेज घाेषणा गर्न आग्रह गरेका हुन ।
अनेरास्ववियूले नेपालगन्जमा देखिएको खतराप्रति संवेदनशिल बन्न प्रदेश र केन्द्रिय सरकारलाई आग्रह गरेको छ । जिल्लामा देखिएको जोखिमलाई मध्यनजर गर्दैै शंकास्पद ईलाकाहरुलाई शिल गरी दु्रत गतिमा परिक्षण बढाउन स्वास्थ्य सामग्रीको ब्यवस्था मिलाउन समेत विज्ञप्ती मार्फत आग्रह गरीएको छ ।