बाँकेमा अलपत्र परेका जाजरकोटीलाई रोकायाले राहत उपलब्ध गराउने

नेपालगन्ज, बाँके कोरोना महामारीका कारण  अप्ठयाराेमा परेका जाजरकोटीलाई युवा सामाजसेवी बिकास रोकायाले राहत बितरण गर्ने भएका छन । रोकायाले लकडाउनमा परि जिल्ला फर्कना नसकेकाहरुलाई आफनो ब्यक्तिगत पहलमा राहत बितरण गर्न लागेका हुन ।

सामाजसेवी रोकायाले बाँकेमा अलपत्र परेका ४३२ जनलाइ उद्भार गरिसकेकाे बताएका छन । त्यस्तै राेकायाले  सामाजिक सञ्जालमा स्टाटस लेखि राहत बितरण गर्ने घोषण गरेका छन । 

उनले भनेका छन आदरणीय जाजरकोटी आमा बुवा तथा दाजुभाइ दिदीबहिनीहरु विभिन्न कामको सिलसिलामा जाजरकोटदेखि बाँकेको बिभिन्न ठाउँमा आई ज्याला मजदुरी गरी जिवन चलाइरहेका र यो बिश्वमहामारी कोभिड(१९ )का कारण कोभिड संग लडिरहेका मजदुर विध्यार्थी हरुलाई खाध्यान सामान चामल, दाल, नुन, तेल, राहत वितरण गर्ने निर्णय लिएको छु। आवश्यक परेमा सम्पर्क राख्नु होला धन्यवाद । ९८५१०४६७६२ बिकास रोकाय ( तेज) । 

जाजरकोट कुशे गाउँपालिका पैंकका रोकाया सामाजिक क्षेत्रमा क्रियाशिल रहदैँ आएका छन । 

यस्ताे छ उनकाे स्टाटस

आदरणीय जाजरकोटी आमा बुवा तथा दाजुभाइ दिदी बहिनिहरु विभिन्न कामले बाँके ,बर्दिया ,दाङमा रहेका केहि नागरिक लाई कोभिड(१९ को कारण लकडाउन परेका ४३२ जाजरकोटी जनतालाई स्वास्थ्य चेक जाँच गरी जाजरकोट सम्म पठाउन सफल भइयो र केहि अझै पनि अलपत्र मा परेका छौ भनि सम्पर्कमा आउनुभएको थियो र फेरि पनि पठाउने तयारी भएको थियो तथापि हिजो बाँके को नेपालगन्जमा एकै दिन १५ जना मा कोभिड( १९ संक्रमित देखियो त्यो संगै नेपालगन्ज सिल भयो र आज कर्णाली प्रदेशले पनि एक हप्ताको लागि सम्पुर्ण आवतजावत र सवारीसाधन मा कर्णाली प्रदेशमा रोक र पुर्ण सिल गरेको हुनाले जाजरकोट सम्म पठाउन असमर्थ छु । यस बाट पर्न गएको असुविधाका कारण क्षमा चाहन्छु र आजदेखि नयाँ कार्य अर्थात् राहत वितरण गर्ने निर्णय लिएको छु । आदरणीय जाजरकोटी आमा बुवा तथा दाजुभाइ दिदीबहिनीहरु विभिन्न कामको सिलसिलामा जाजरकोट देखि बाँके को बिभिन्न ठाउँमा आई ज्याला मजदुरी गरी जिवन चलाइरहेका र यो बिश्वमहामारी कोभिड(१९ का कारण कोभिड संग लडिरहेका मजदुर विध्यार्थी हरुलाई खाध्यान सामान चामल, दाल, नुन, तेल, राहत वितरण गर्ने निर्णय लिएको छु। आवश्यक परेमा सम्पर्क राख्नु होला धन्यवाद । ९८५१०४६७६२ बिकास रोकाय ( तेज।