देउखुरीको एक घरमा आगलागी, उद्योग वाणिज्य संघ र वडाध्यक्षद्वारा राहत

भालुवाङ,  दाङको देउखुरीमा एक घरगोठमा आगलागी हुँदा घरगोठ जलेर खरानी भएको छ । जिल्लाको विकट गाउँ भएकाले सुचना ढिला गरि प्राप्त भएको छ ।

राप्ती गाउँपालिकाको वडा नम्बर ५ थकरीकोटमा शनिबार दिउँसो रूकबहादुर समाल मगरको घरगोठमा अागलागी हुँदा घर भित्र रहेका अन्नपात,लत्ताकपडा गरि करिव २ लाख बराबरको क्षति भएको प्रहरी चाैकी सिसहनियाँमा प्रमुख तथा प्रहरी नायव निरिक्षक गोपालकुमार मल्लले जानकारी दिएका छन् । घर बाहिर परालमा बच्चाले अागो लगाएको हुन सक्ने र त्यसबाट घरमा अागो अाएको प्रहरी प्रमुख मल्लले बताएका छन् ।

अागोलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । यसै बिच अागलागी पिडित मगरलाई सिसहनियाँ उद्योग वाणिज्य संघ र राप्ती गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष गोवर्धन रावतले राहत सहयोग गरेका छन् ।

उद्योग वाणिज्य संघका पदाधिकारी र वडा अध्यक्ष रावतको टोली सोमबार पिडितकै घरमा गएर उद्योग वाणिज्य संघको तर्फवाट ३ बोरा चामल, ५ किलो दाल, ५ लिटर खाने तेल र २ पोका नुन र वडा अध्यक्ष रावतले व्यक्तिगत नगद ५ हजार उपलब्ध गराएको संघका कर्मचारी युवराज सुवेदीले जानकारी दिएका छन् ।