१६ जना संक्रमति भेटिएपछि बाँकेका सांसदहरु पुगे स्वास्थ्यमन्त्रीकहाँ
नेपालगन्ज, १६ जना कोरोना संक्रमति भेटिएपछि बाँकेका सांसदहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल कहाँ पुगेका छन । आईतबार नेपालगन्जमा कोरोनाबाट संक्रमति १६ जना भेटिएपछि बाँकेका सासंदहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानकर्षण गराएका हुन् ।
बाँकेका सासंदहरु महेश्वर गहतराज (अथक), ईश्तियाक राई , नन्दलाल रोकाय, पुर्णा कुमारी सुवेदी र सर्वतआरा खानमले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर बाँकेमा कोरोनाको संक्रमण र समस्याका विषयमा ध्यानाकर्षण गराए ।
ध्यानकर्षण लगत्तै स्वास्थ्य मन्त्रालयले नेपालगञ्जका लागि २५० पिस कोरोना परिक्षण गर्ने पीसीआर किट पठाएको छ । नेपालगञ्जमा १६ जना कोरोना संक्रमित भेटिएपछि थप परिक्षण किट, स्वास्थ्य सामाग्री, प्राविधिक र उपकरणहरुको व्यवस्था गर्नु पर्ने माग गर्दै बाँकेका सांसदहरुले स्वास्थ्यमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएपछि स्वास्थ्य मन्त्रीको निर्देशनमा २५० किट नेपालगञ्ज पठाईएको हो ।
कोरोना सर्वसाधारणमा फैलिएको आशंका बढेकोले बाँकेका ५ जना सांसदहरुले सोमवार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई मन्त्रालयमै गै भेटेर विभिन्न मागहरु गरिएलगत्तै स्वास्थ्यमन्त्रीले २५० थान किट पठाउन लगाएको र अन्य सामाग्री पठाउने तयारी भैरहेको बाँके क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराज अथकले जानकारी दिए ।
शुक्रवार नेपालगञ्जमा एक जना ६० वर्षिय पुरुषमा कोरोना पोजेटिभ भेटिएपछि उनको सम्पर्कमा आएकाहरुमध्ये ५५ जनाको परिक्षण गर्दा थप १५ जना संक्रमित भेटिएका थिए ।

