वडा खानलाई ढुङ्गा प्रहार
नेपालगन्ज, नेपालगन्ज उप–महानगरपालिका अन्तर्गत रहेको वडा न ७ का वडा अध्यक्षलाई एक जना स्थानियले दुव्र्यवहार र ढुङ्गा प्रहार गरेका छन । वडा बासी जमालुद्धिन अन्सारीले वडा न ८ का वडा अध्यक्ष जुम्मन खानलाई ढुङ्गा प्रहार गरेका हुन ।
नेपालगन्ज उप–महानगरपालिकामा बसेको बैठकमा वडा अध्यक्ष जुम्मनको पहलमा मेयर लगाएत अन्य वडा अध्यक्षहरुको सरसल्लाहमा वडा न। ७ लाई सेनिटाइज गरे निर्णय गरिएको अध्यक्ष खाँले बताउनुभयो ।
नेपालगन्जमा पहिलो संक्रमीत वडा न ७ कै स्थानियमा भेटिएपछी वडालाई सेनिटाइज गर्ने निर्णय गरिएको थियो । संक्रमीत व्यक्तिलाई खजुराको अस्पतालमा राखिएको छ ।
तर स्थानिय जनताहरुमा भय र त्रास बढन थाले पछी अध्यक्षले संक्रमीतसंग सम्पर्कमा रहेका सम्पुर्णको स्वाव टेस्ट गरि स्वास्थ जाँच गराउने समेत पहल गर्दै काम गरि रहेका थिए । हालसम्म म जनताकै हितमा काम गर्दै आइरहेको अध्यक्षले बताए । अगाडि पनि जनताकै हितमा काम गरि रह्ने उनले बताएका छन ।