लकडावनको बेला पनि रोकियन बिकासको गति
कालिकोट जिल्ला पलाता गाउँपालिका वडा नम्बर ६ छहडनेको रोड निमार्ण कार्य जारी रहेको छ । प्रदेश सरकार मुख्य मन्त्री निर्वाचन कोषको रकम एक करोड पन्ध्र लाखको पलाता ६ मा रहेको राजन मार्गको काम तिब्र रुपमा हुँदै आएको हो ।
पलाता निर्माण सेवा प्रालिले डोजरको सहायतामा काम गर्दै आइ रहेको छ । जुम्लाको ओदिदेखि पलाता गाउँ पालिकाको छहडनेसम्म करिब ३६ किलोमीटर रोड काटिसकेको छ । अब को केही दिनमै जाफे पुग्ने पलाता निर्माण सेवा प्रा।लि। समितिले जानकारी दिएको छ ।
यसै बिषयमा गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छाले कोरोना भाइरस कोभिड १९ उक्त जोखिमको चपेटामा पनि समाज सेवाका काम पलाता गाउँपालिकाले गर्ने भन्दै डोजर चालक एक जनाले मात्र काम गर्ने हुदा कामलाई निरन्तरता दिएको बताए । कोभिड १९ को जनचेतना फैलाउन तथा साबुन बितरण गर्न गाउँ पुगेका अध्यक्ष बमले घरमै बस्न विशेष काममा मात्र जान अनुरोध समेत गर्दै सरकारको लकडावन पालना गर्न समेत आग्रह गरे ।
आज खाकाको कमिले बिदेशमा पशुको उपाधि पाउनु परेको छ हामि नेपालीले , आधापेट बाँच्नु परेको छ स्वदेशमा , चोकचोकमा जम्मा भएर दुनियाका कुरा काट्नु दैनिकि भएको छ । सामाजिक संजालको दुरुपयोग गरेर कसैको बिरोध मा समय सदुपयोग गरेर बेरोजगारी छछल्क्याइरहेका छन लक्का जवानहरुले यस्ले समाज परिबर्तन हैन संकट तिर धकेलि रहेको छ । यस प्ररिस्थितिलाई समयमै अध्यायन गरेर काम गर्न पलाता का कर्मचारी लाई निर्देशन गरे ।