सेनिटाइजर मास्क र पिपिई सेट हस्तान्तरण
पलाता कालिकोट , कालिकोट जिल्लाको पलाता गाउँपालिका स्थित स्वास्थ चौकी बेर्सैनकोटलाई सोसेक नेपालले सेनिटाइजर,मास्क र पिपिइ सेट हस्तान्तरण गरेकाे छ । सोसेक नेपाल दैलेखको आर्थिक सहयोग पलाता गाउँपालिकाको सम्वन्य र पलाता युवा सन्जालको सहजीकरण मा ५ वटा सेनिटाइजर र २ सय बढि मास्क खरिद गरि हस्तान्तरण गरेकाे हाे ।

पलाता गाउँ पालिका भित्र रहेका स्वास्थ्य चौकी, बिकास निर्माण दल, प्राथमिक केन्द्र, सञ्चारकर्मि तथा सुरक्षकर्मीलाई आवश्यकता अनुसार माक्स र सेनिटाइजर हस्तान्रण गरेको बताइएकाे छ । सोसेक नेपाल दैलेखले प्राथमिक स्वास्थ्य केन्द्र मार्फत सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नका लागि सेनिटाइजर स्वास्थ्यकर्मीको सुरक्षाको लागि स्वास्थ चौकीका ए.एन.एम सयरुपा बमलाई हस्तान्त्रण गरिएको सोसेक नेपालका सामाजिक परिचालक निल बिक्रम बमले जानकारी दिए ।
बमका अनुसार सोसेस नेपालले ५ वटा सेनिटाइज आवश्यकता अनुसार तत्काल प्रयोग गर्न सक्ने गरि गाउँपालिकाको स्वास्थ्य शाखामा पनि पिपिइ सेट दुई र मास्क पचास र सेनिटाइज पाँच गरि ग्लोब्स २० जोडा बितरण गरिएकाे छ ।
विशेष गरि स्वास्थ्य कर्मीहरुमा कोरोना भाइरस कोभिड १९ को संक्रमण तथा जोखिम न्युनिकरणका लागि सुरक्षति सामाग्रीको रुपमा चिकित्सकले लगाउने पोसाक पिपिइ सेट २ थान मात्र आएकोले सबै स्वास्थ्यकर्मीलाई उपलब्ध गराउन नसकिएको सोसेक नेपाल दैलेखले जनाएको छ ।
बजारमा पिपिई अभाव रहेको अवस्थामा समेत सोसेक नेपालले बाहिरबाट पिपिई खरिद गरि स्वास्थ्यकर्मीलाई उपलब्ध गराएको बताइएकाे छ । पलाता गाउँपालिकामा विदेशबाट आएका नागरिकलाई क्वारेन्टाइनमा पुगि बितरण गरिएको सहायक निर्देशक दुर्गा गिरिले जानकारी दिए । । पलाता निर्माण दल समेत खटेका क्वारेन्टाइन थिर्पु स्थित अब्दल बमले हस्तान्तरण पछि सबैले खुसी महसुस गरेको बाताए ।

