स्पेनमा कोरोनाले मृत्यु हुनेको संख्या २५ हजार २६४ पुग्यो

काठमाडौं ,स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार २६४ पुगेको छ । १ लाख ४८ हजार ५५८ जना उपचारपछि निको भएका छन् । 

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ४७ हजार १२२ जना संक्रमित भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १६४ जनाको मृत्यु भएको छ भने १ हजार ५३३ जना नयाँ संक्रमित थपिएका छन् ।७३ हजार ३०० जना उपचाररत छन् । त्यसमध्ये २ हजार ३८६ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।