सामाजिक संजालमा अफवाह फैलाउनेलाई कारबाहि गर्ने बाँके प्रहरीको चेतावनी

नेपालगन्ज, बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले कोरोनाबारे अनाबश्यक सामाजिक संजालमा अफवाह फैलाउनेलाई कारबाहिको दायारामा ल्याउने चेचावनी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले कोरोना संक्रमणको सूचना संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक सूचना विनाका कुनैपनि सुचनाहरुमाथी बिश्वास नगर्न सर्वसाधारणलाई अनुरोध समेत  गरेको छ । 

सोमबार एक सूचना जारी गर्दै  कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि सरकारले बनाएको मापदण्डका आधारमा सूचना संप्रेसण गर्न अनुराेध गरेकाे हाे ।   सामाजिक संञ्जालमा भ्रामक र गलत सूचना प्रकाशन, प्रसारण, पोष्ट, सेयर र कमेन्ट नगरी दिन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शिवबहादुर सिंहले  जनाइएका छन  ।

जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचनामा सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने, खलल पार्ने जात, धर्म, वर्ण, पेशा, लिङ्गका आधारमा कसैलाई लक्षित गरी समाचार प्रकाशन, प्रसारण नगरिदिन अनुरोध पनि गरेको छ । कसैले पनि यस प्रकारका कार्यमा गतल र भ्रामक सूचना प्रकाशित, प्रसारित गरे कानुनी आधारमा कारवाही समेत गर्ने जनाइएको छ ।