कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६८ हजार नाघ्यो

काठमाडौं , ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६८ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म थप १ हजार १२२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६८ हजार ५६६ पुगेको हो ।

 पछिल्लो २४ घण्टामा त्यहाँ २६ हजार ४५९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ११ लाख ८७ हजार २३३ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ७८ हजार २६३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ४० हजार ४०३ जनामध्ये १६ हजार १३९ जनाको अवस्था गम्भीर रहेको छ ।