किशोरीमाथि जबर्जस्ती गर्ने युवक पक्राउ
प्रकासित मिति : २०७७ बैशाख २२, सोमबार १४:५९
प्रकासित समय : १४:५९
दाङ, १५ बर्षीया किशोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा एक दाङमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
दाङको शान्तिनगर गाउँपालिकी किशोरीलाई दंगीशरण गाउँपालिका ८ चखौराका २२ वर्षीय सचिन चौधरीले जंगलमा गाई चराउन गएको अवस्थामा शनिबार किशोरीमाथि जबर्जस्तीकरणी गरेका थिए।
करणी गरी फरार भएको सूचना प्राप्त हुना साथ बालापुर प्रहरी चौकीबाट खटिएको टोलीले चखौरामा लुकीछिपी भाग्दै गरेको अवस्थामा ती युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले बताए।
चौधरीलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद १८ को दफा २१९ (करणी सम्बन्धी) कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चौधरीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको प्रवक्ता खड्काले बताए।