कर्णाली प्रदेशका सबै नाका १ हप्ताको लागि शिल

 कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई मध्यनजर गर्दै कर्णाली प्रदेशसँग जोडिएका सबै नाका१ हप्ता शिल गरीएको छ ।

कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को वैठकले छिमेकी प्रदेशको जिल्ला बाँकेमा देखिएको कोरोनाको संक्रमणको अवस्थालाई ध्यानमा राख्दै नाका पूर्णरुपमा शिल गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको बैठकले १ हप्ताकालागि कर्णाली प्रदेशका सबै सिना नाका शिल गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेशका २५ स्थानमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुको टोली पठाउने निर्णय समेत गरेको छ ।