इटालीमा मृतकको संख्या २८ हजार ८८४ पुग्यो
प्रकासित मिति : २०७७ बैशाख २२, सोमबार ०७:५३
प्रकासित समय : ०७:५३
काठमाडौं ,कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन १७४ जनाको मृत्यु भएको छ ।
योसँगै इटालीमा मृतकको संख्या २८ हजार ८८४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३८९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १० हजार ७१७ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये ८१ हजार ६५४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख १७९ जनामध्ये १ हजार ५०१ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।