पलाँता गाउँपालिका उपाध्यक्षले गरिन टोलटोलमा गएर साबुन बितरण
कालिकोट, जिल्ला पलाता गाउँपालिका उपाध्यक्षदाना न्यौपानेले कोरोना महामारीलाई रोकथामका लागि साबुन बितरण गरेकी छन । वडा नम्बर ७ धुरा डाडाखाली पारौटिका १ सय ९९घरधुरीलाई साबुन बितरण गरेकी हुन । प्रत्यक घरमा ६ पिस साबुन दानी एक लुगा धुने साबुन २ सुचनामुलक सामाग्रस् बितरण गरेको बताइएको छ ।
उत्त कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छा वडा अध्यक्ष बर्ज बहादुर बम स्वास्थकर्मि संचारकर्मी बिकास निर्माण दल लगायतले सामाजिक दुरि कायम गरि उत्त सामान बितरण गरिएको रेडियो पलाता आवाजका प्राबिधिक नमराज न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार पलाँता गाउँपालिकाले मिसन इस्टको सहयोग र किर्डाक नेपालको सहजीकरणमा गाउँपालिकामा रहेका नागरिकलाई घरघरमा गएर सावुन वितरण गर्दै आइरहेको छ ।
कोरोना भाईरस कोभिड ९१९० को संक्रमणबाट बच्नका लागि सरसफाईका सामाग्री गाउँपालिकाले वितरण गर्दै आएको छ । पलाँता गाउँपालिकाका नागरिकलाई सरसफाईमा कमी हुन नदिनका लागि गाउँपालिकाले सावुन वितरणलाई तिव्रता दिएको छ ।