निलसागरलाई खाद्यान्न दिएर मनाए खत्रीले जन्मदिन
भालुवाङ, दाङ-देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी राप्ती उद्योग वाणिज्य संघ भालुवाङका कोषाध्यक्ष श्रीधर खत्रीले आफ्नो ३४ अौँ जन्म दिन फरक तरिकाले मनाएका छन् । खत्रीले आइतबार राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवाआश्रमलाई खाद्य तथा तरकारी सामाग्री दिएर आफ्नो जन्म दिन मनाएका हुन् ।
विश्व व्यापीरूपमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले आश्रमलाई समस्या बनाएको भन्दै दाङ जिल्लालाई सडकआश्रित सहयोगापेक्षी मानव रहित बनाउने ऎतिहासिक महाअभियानमा सेवाश्रमका लागि ५० केजी चामल, ५ केजी दाल, ३ लिटर तेल, २ केजी नुन, १२ केजी तरकारी र २ दर्जन नुहाउने सावुन र प्रदान गरेका छन् ।
खाद्य सामाग्री प्रदान गर्दै खत्रीले जन्म दिन मनाउने नाममा फाल्तु खर्च गर्नु भन्दा दिन दुखीको सेवामा सहयोग गर्न पाउनु खुसीको भएको बताए । साथै उनले आफुले जन्म दिन पहिलो पटक मनाएको पनि बताए । यसै बिच आश्रमका अध्यक्ष प्रकाश विष्टले जन्म दिनमा आश्रमलाई सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।