नेपालबाट अमेरिकामा बस्ने नातीको भिडियो कलबाटै न्वारन
भालुवाङ, दाङको देउखुरीमा एक परिवारले भिडियो कलबाट अमेरिकामा बसेका नातीको बाहुन राखेर न्वारान गरेका छन् । शनिवार नेपालको बेलुुका ६ बज्नै आँटेको थियो । अमेरीकामा भने बिहानको ६ बजेको थियो । अनलाइन प्रबिधिबाट अमेरीकामा जन्मिएको नातिको न्वारान गर्ने र निजको नाम राख्ने योजनाका साथ पण्डित बोलाईयो ।
कम्प्युुटरको प्रयोग गरी अमेरीकामा रहेको छोरासंग इण्टरनेटको माध्यमबाट प्रत्यक्ष भिडियो कल सुुरु भयो । नेपालमा पण्डितले न्वारानको कर्मकाण्डी पुुस्तक पढ्न सुुरु गरे । यताबाट पण्डितले अह्राए बमोजिम प्रत्यक्ष सम्पर्कबाट पुुजापाठ सुुरु भयो । अमेरीकाबाट बाउ आमा तथा नवजात शिशुको तस्विर त यताबाट पण्डित र हजुुरबा हजुुरआमाको तस्विर हेर्दै प्रबिधिको सदुुपयोग गर्दै न्वारान कर्म सुुरु गरियो ।
नेपालबाट डाक्टर पढ्न गएको छोरा बुहारीलाई अमेरीकामा छोरा जन्मीए पछि नेपालमा रहेका हजुुरबा र हजुुरआमालाई परिवारमा खुुसी छाएको छ । नाति जन्मेको ११ दिनसम्म छोरा बुहारीसंग सल्लाह गरि नेपालमा न्वारान गर्ने र नाम राख्ने निधो गरेको देउखुुरी गढवाका कपिलदेव खनालले बताए ।
गढवाका एक ब्यक्तिले कोभिड १९ को महामारीको बेला अमेरीकामा गएका छोरा बुुहारीबाट नाति जन्मीएको भन्दै प्रत्यक्ष भिडियो लाइभबाट नातिको न्वारान नेपालबाटै गरेका छन् । गढवा ६ प्रगतिनगर निवासी कपिलदेव खनालले अमेरीकामा डाक्टर पढ्न गएका आफ्ना छोरा कल्याण खनाल र बुुहारी सरिता रिमाल खनाल बाट नाति जन्मीएपछि निजको न्वारान गढवा स्थित आफ्नै निवासबाट आधुुनिक प्रबिधिको प्रयोगगर्दै भिडियो कलबाट न्वारान गरेका हुन् ।
प्रबिधिले अहिलेको बिश्वलाई निकै नजिक बनाएको छ । कोभिड १९ महामारीको बेला अमेरिकामा कहाँ बाहुुन खोज्ने,अनि नाम कसरी राख्ने अन्यौल भैरहेको बेला यस्तो आइडिया अपनाएको उनले बताए । अमेरीकामा बिहानको समय मिलाउन नेपालमा बेलुुका न्वारन गरिएको खनालले बताए ।