सामाजसेवी मरासिनीसहित तीन युवाको यस्तो उदाहरणीय कार्य
भालुवाङ, लामो समय देखि देश अहिले पुरै लकडाउनको अवस्थामा नै छ । घर बाट बाहिर निस्किन समेत खतरा छ । यस्तो बिषम परिस्थितमा पनि दाङ—देउखुरीको राप्तीगाउँपालिकालाई लामो समयदेखि कर्मथलो बनाएर बसोबास गर्ने तीन जना युवाहरुले आफ्नो जन्मथलो प्यूठानको सरुमारानी गाउँपालिका—३ हंसपुर अर्थात साविकको हंसपुर गाविसका नागरिकहरुलाई खाद्यन्न सहयोग गरेका छन् ।
कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित सरुमारानी गाउँपालिका वार्ड नम्बर ३ हंसपुरका ज्याला मजदुरी गरी खाने, गरिब, असाह, अपाङ्ग, जेष्ठ नागरिक, मुस्लिम, दिनदुखी, बेसाहरा, एकल महिला, छाक टार्न धौ—धौ हुने दलित, जनजातिहरुलाई उक्त खाद्यन्न सहयोग गरिएको हो । साविक हंसपुर गाविसमा जन्मिनु भएका र हाल भालुवाङ पुल्चोक बजारलाई नै कर्मथलो बनाएर बस्दै आएका युवा समाजसेवी तथा बुद्धिजिवी भिम बहादुर मरासिनीको २० हजार, जन्मथलो हंसपुर हाल कर्मथलो राप्ती गाउँपालिका—२ लालमटियामा बस्दै आएका लोकदोहरी गायक बिक्रम रानाको १५ हजार र हाल भालुवाङ पुल्चोक बजारमा व्यवसायका लागि आएका बसन्त फेवालीको ५ हजार गरी कुल ४० हजारको लगानीमा उक्त खाद्यन्न सहयोग गरिएको सहयोगी भिम बहादुर मरासिनीले जानकारी दिए ।
आफ्नो जन्मथलो हंसपुरमा कुनैपनि नागरिक खाना नपाएर भोकै मर्नु नपरोस् भन्दै अत्यन्तै पिडित नागरिकहरुको पहिचान गरी ४६ घरपरिवारलाई घर—घरमै गई प्रतिपरिवार १० केजी चामल, १ केजी दाल, १ केजी आयो नुन, १ लिटर तेल र १ पिस नुहाउने साबुनका दरले बितरण गरिएको मरासिनीले जानकारी दिए ।
हाम्रो जन्मथलो हंसपुरमा बढी मात्रमा गरिबीको रेखामुनि रहेका मानिसहरु बस्दछन्, । लकडाउनका कारण् उनीहरु ज्यालामजदुरी समेत गर्न पाएका छैनन् । ज्यालामजदुरी नगरी तिनीहरुको घरमा एकछाक खाना जुराउन पनि धौ—धौ छ, त्यस्ता मान्छेहरुलाई यस्तो बेला हामीले सहयोग नगरे कसले गर्छ भनेरै हामीले खाद्यन्न सहयोग गरेका हौं इन्द्रेणी युवा क्लब भालुवाङका अध्यक्ष समेत रहेका मरासिनीले भने ।
हामी त्यही ठाउँमा जन्मियो, हुर्कियौं, आज कामको शिलशिलामा म लामो समय देखि भालुवाङ बस्दै आएको भए पनि जन्मथलोको माया लाग्छ, त्यही मायाले पनि हो म मेरो जन्मथलोमा केही न केही सहयोगमूलक कार्यक्रमहरु गरिरहेको छु, मरासिनीले भने । लकडाउन पछि लगत्तै म त्यस ठाउँमा निशुल्क स्वास्थ्य शिबिर र आँखा शिबिर समेत सञ्चालन गर्ने योजना बनाएको छु उनले भने । जन्मथलो कसलाई पो माया लाग्दैन र ? आफ्नो जन्मथलोमा रहनु भएका बुवाआमा, दाईभाउजु, साथीभाई, इष्टमित्रहरुलाई सहयोग गर्नु हाम्रो धर्म मात्र होइन, कर्तव्य पनि हो, मरासिनीले भने ।
मर्रासिनीले बिगत लामो समय देखि भालुवाङ पुल्चोक बजारलाई नै कर्मथलो बनाएर यातायात व्यवसाय तथा अन्य व्यवसायमा समेत काम गदै आएका छन् । उनी हाल भालुवाङ पुल्चोकमा रहेको इन्द्रेणी युवा क्लबको अध्यक्ष समेत भएर थुप्रै सामाजिक कामहरु गर्दै आएका छन् । अहिले त्यही क्लबले भालुवाङ पुल्चोक बजारको पूर्व—पश्चिम राजमार्गमै सडक सामाजिक अभियान नै सञ्चालन गरेको छ ।
उनै मर्रासिनीको नेतृत्वमा क्लबका पद्धाधिकारी देखि सांसद, बिदेशमा रहेका नेपाली युवाहरु र उद्योगी, व्यापारीहरुको सहयोगमा स्थानीय सरकारलाई नै चुनौति दिंदै लकडाउनका कारण प्रभावित भई भालुवाङ बजार हुँदै पैदल हिडेर घर फर्किने व्यक्तिहरुलाई जनही एक÷एक वटा चाउचाउ, बिस्कुट, चिउरा, एक बोतल पानीे र चप्पल बिना पैदल हिडेर आएका तथा खुट्टा सुन्निएर हिड्न नसक्ने अबस्थामा भएका पैदलयात्रीहरुलाई चप्पल समेत निशुल्क रुपमा उपलब्ध गराउँदै आएका छ । क्लबले त्यति मात्र होइन ती पैदलयात्रीहरुलाई दुई वटा बसको व्यवस्था गरेर गन्तव्य स्थलसम्म पु¥याउने काम गर्दै आएको छ ।