मानौं म छिनेको चंगा हुँ मेरो वजन छैन्….

मानौं म छिनेको चंगा हुँ मेरो वजन छैन्
उड्न सक्दिन, छन त कुनै वन्धन छैन ।

आज छ भोली नहुन सक्छ कालो धन
हजुरको बस्मा हजुरको आफ्नै मन छैन ।

बा-आमाको धमिलो मुहार मात्रै याद छ
मैले सम्झिन लायक मेरो बचपन छैन ।

वुख्याँचाहरुले नै छानेको सरकार हो यो
छातीभित्र कृत्रिम मुटु छ धड्कन छैन ।

केही राम्रो हुन त विनास पनि जरुरी रैछ
व्यस्त सडक छैनन् कोलाहल आँगन छैन ।