स्वाभिमानको राहात
अमेरिकामा रहेकी छोरीले एका विहानै भिडियो कल गरेर भनिन् बुबा तपाईले लिनु भएको राहतले हामी सबैलाई साह्रै आहत बनायो । छेरीको फोन आयो भनेर खुशि हुदै फोन उठाएका बाबु कुरा सुनेर झस्किदै कल छोरीको नभएर अन्यत्रै कसैको कल आफुलाई आएको हो कि भनेर भिडियोमा नियालेर हेरे । दुखित भावमा आफ्नै छोरीले यस्तो गुनासो गरे पछि बुबा एकाएक असमन्जमा परे ।
गम्भिर र भाबुक बनेकी छोरीको अनुहार र प्रस्तुति देखेर बुबाले मलिन स्वरमा सोध्नु भयो किन के भयो र छोरी ? हजुरले हाम्रो इज्जत र स्वाभिमानलाई माटोमा मिलाई दिनु भयो । यत्ति भनेर आँसु रसाएका आँखाका हातले पुछ्दै छोरीले कल आफै कटप गरी सम्पर्क बिहिन हुन पुगिन् ।
कोरनाको कारण अमेरिकामा रहेका छोरी ज्वाईलाई कतै केही होला कि भनेर दिनरात चिन्ता लिई रहेका बाबु -आमालाई एका-बिहानै छोरीले यस्तो दुखेसो गरे पछि घरपरिवारमा एकाएक सन्नटा पैदा हुनु स्वभाविकै थियो । उस माथि कारण नखुलेको छोरीको एकोहोरो रोष प्रकट गराईले दालमा कुछ् त काला भि हे….. भने झै भयो ।
केहि छिन पछि अष्ट्रेलियामा रहेकी बुहारीले कल गरेर सासु आमालाई भनिन बुबाले राहत लिदै गरेको फोटो सामाजिक संजाल भरि फैलिएको र मेसेन्जर मार्फत एक अर्कामा सेयर हुदै आएको बताउदै चितवनमा रहेका आफ्ना माईतीहरुले समेत आफुलाई कल गरेर सम्धीले राहात लिएको विषयले हामीलाई समेत गाउँमा स्वाभिमानमा रहन गार्हो भयो भनेको कुरा सुनाइन ।त्यस्ता कुराहरुले आफुहरूलाई पनि नराम्रो लागेको कुरा बुहारिले सुनाईन ।
बिषय प्रसंगकै क्रममा फोन, मेसेज चल्दै गर्दा पल्लो कोठाबाट सानो छोरो रमाउदै आयो हाम्रो बुबाको फोटो पत्रिकामा पनि छापिएछ । विचरा बाल मस्तिष्कले अरु कुरा बुझेन, पत्रिकामा फोटो छापिनु राम्रो हो भन्ने बुझ्यो विचरा । पत्रिकाले सम्पन्नहरु नै राहातको लाइनमाुु भनेर बाबुको फोटो समेत राखेर छापेको रहेछ ।
बल्ल बाबुले पनि कुरा बुझ्दै गए । तर पनि आफ्नो कम्जोरी लुकाउन राहत लिएको बिषयलाई ठुलो नठान्न सुझाउदै भन्नु भयो टोल छिमेकमा सित्तैमा आएको सुबिधा किन छोडौ भनेर अरूले जसै आफुले पनि लिएको बताउदै यस्तो सूबिधा हत्त पत्त नमिल्ने हुनाले यसलाई अन्यथा नलिन आग्रह गरे ।
आफ्नो सानो लोभले सारा परिवार र नाता गोतालाई असर गरेछ अब के गर्ने भनेर सोचि रहेको अबस्थामा मेसेन्जरमा अष्ट्रेलियाबाट छोराले पठाएको मेसेजको टुङ-टुङ घण्टी बझ्न थाल्यो । आफुले राहत लिदै गरेको तस्वीर सहित बाल्य अबस्थामा आफु संगका केही पुराना तस्वीरहरू समेत समाबेस गरिएको सन्देशमा छोराले लेखेका रहेछन बुबा ! जीबनका उकाली ओरालीहरूमा अनेकौं ठक्कर खाँदै हामिलाई यहाँ सम्म ल्याई पुराउन हजुहरूको ठुलो त्याग, तपस्या र योगदान रहेको छ ।
जून कुरा मैले होइन तलका यी तस्विरहरु आफैंले बताउने छन् । भौतिकताको दुर-दराजले हामीलाई जति टाढा बनाए पनि भाबनाको एका मन्दिरबाट हामीहरू चाहेर पनि टाढिन सक्दैनौं । आँखाको बाहिरी नजरले महशुस नगरे पनि हृदयको भित्री नजरले हामिलाई सधै शीतल र न्यानो नै गराई रहनेछ। बाटोमा बसि रहेको एउटा असहायलाई एक मुठि चामल दान गर्दा तपाई हामीलाई जति पुन्य अनुभुत हुन्छ त्यति नै ऊ पनि हामी प्रति कृतघ्न र धन्यबोध गर्दछ ।
साच्चिकै असहाय, निरिह र साहराबिहिन लाई हामीहरु जस्ताले नै हो साहारा दिने । समस्यामा भर थेग गर्ने ।उसले हामीहरुलाई नै आड भरोसा र साहाराको आधार मानेको हुन्छ । जे जस्तो भए पनि हजुरहरू आफ्नै ईमान र मेहनतले बनाएको सानो झुपडीमा रहनु भएकोछ । हामीहरू पनि आफ्नै पसिना र स्वाभिमानले बनाएको डेरामा रहेका छौ ।
घाम(पानि र बिपत्तिमा आश्रय दिने त्यो नै हाम्रो ठुलो घर, त्यो नै हाम्रो ईमानको महल हो । त्यसैले आफुलाई कसैसंग होचो र कसैसंग पातलो महसुस नगर्नु होला । सानो लोभ र दरिद्र मनले हामीलाई पतित बनाउछ । घरमा खान पुग्दा पुग्दै राहात थाप्न जानु भन्दा मानसिक गरिबी अरु हुन सक्दैन् । गरिव, विपन्नको नाममा आएको वस्तु हात थाप्नु भन्दा आफ्नो गास कटाएर दिनु महानता हो ।
समस्या परे हामीलाई सम्झनुस् । हामी परिश्रम गरेर आमा बुबा र परिवार पाल्न सक्षम छौ । भौतिक दुरि टाढा भए पनि हजुरहरूको काखमा साथै छौ र रहि रहनेछौं । कोरनाको कालो बादल जहिंतहिं फैलिई रहेको छ । जसरी हुन्छ आफुहरू सुरक्षित रहनु होला । बाचियो भने भेट अबस्य हुन्छ । बाँकि कुरा बिस्तारमा गरौला ! मरि नै गए सम्झनामा सीमित होउला तर स्वाभिमान हाम्रो साथै लगेर जाउँला ।
बुबा – आमा दुबैमा दीर्घ जीबनको कामना ।
बाल्यकालका पुराना तस्वीर र राहत लिदै गरेको तस्वीर साथै राखि पठाएको छोराको मेसेज पढे पछि बुबाले आफुलाई भारी महशुस गरे । कोरनाबाट सुरक्षित रहन घरवासको समयमा असहाय असक्तहरूको लागि आएको राहत फिर्ता गरि दिने सोच बनाए ।
पहिले सबैले फोटो खिचेर सामाजिक संजालमा फैलाए तर राहत फिर्ता गर्दा न त कसैले फोटो खिच्न आबश्यक देख्यो, न त कसैलै फेसबुकमा राख्न, न त समाचार बनाउँन । अफसोच भनौ या बिडम्बना ! चामल सकिए राहात दिने धेरै भेटिने रहेछ तर स्वाभिमान गिरे स्वाभिमानको राहात दिने कोहि नहुने रहेछ ।
ओखलढुंगा हाल बाफल काठमाडौ ।