ठाकुरबाबाका समाजसेवी पौडेलद्वारा प्रहरीलाई सहयोग
प्रकासित मिति : २०७७ बैशाख २१, आईतवार ०९:१४
प्रकासित समय : ०९:१४
बर्दिया, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ का समाजसेवी जय प्रसाद पौडेलले अस्थायी प्रहरी पोस्ट बकुवालाई मिनरल वाटर , चाउचाउ, अण्डा, चना, साबुन लगायतका सामाग्री सहयोग गरेका छन ।
शनिबार विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस सन्त्रासका कारण लकडाउन गरिएको र सो लकडाउन पालना गराउन अग्रमोर्चामा खटिएका नेपाल प्रहरीका लागि सो सहयोग उपलब्ध गराईएको समाजसेवी पौडेलले बताएका छन् ।
लकडाउनको समयमा बजार पनि बन्द हुने र दिन रात नभनी सुरक्षामा खटिने प्रहरीलाई आफुले सम्मान स्वरुप सहयोग उपलब्ध गराएको पौडेलले जानकारी दिए ।
पौडेलले पाँच हजार रुपैया बराबरको ३ पेटि चाउचाउ , १ पेटी अण्डा , ५ किलो चना , ४ किलो चिउरा , मिनरल वाटर र साबुन सहयोग गरेका हुन ।