नेपालगन्जमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ७५
प्रकासित मिति : २०७७ बैशाख २१, आईतवार १९:३४
प्रकासित समय : १९:३४
काठमाडौं, बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।
यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेबाट हालसम्मा संक्रमितको संख्या १६ पुगेकाे छ भने यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।