उत्तर कोरिया र दक्षिण कोरियाबीच गोली हानाहान
प्रकासित मिति : २०७७ बैशाख २१, आईतवार १२:२०
प्रकासित समय : १२:२०
उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा गोली हानाहान भएको छ । बीबीसीले जनाएअनुसार आज बिहान दुवै क्षेत्रबाट गोली हानाहान भएको थियो ।
दक्षिण कोरियाले भने आफ्ना तर्फ कोही पनि घाइते नभएको जनाएको छ । उत्तर कोरियाले हानेको गोली आफूहरुको चेकपोस्टमा लागेको बीबीसीले जनाएको छ । उत्तर कोरियाका तर्फबाट गोली हान्न थालेपछि आफूहरुले पनि गोली चलाएको त्यहाँको सेनाले जनाएको छ ।
पछिल्लो पाँचवर्षपछि पहिलोपल्ट दुवै देशबीच गोली हानाहान भएको हो ।