इटालीमा ज्यान गुमाउनेको संख्या २८ हजार ७१०पुग्यो
प्रकासित मिति : २०७७ बैशाख २१, आईतवार ०७:४७
प्रकासित समय : ०७:४७
इटाली , विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा ज्यान गुमाउनेको संख्या २८ हजार ७१० पुगेको छ ।
इटालीमा एकैदिन ४७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २८ हजार ७१० पुगेको हो । इटालीमा एकैदिन १ हजार ९ सय जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ लाख ९ हजार ३२८ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये ७९ हजार ९१४ जना उपचारपछि निको भएका छन् । १ हजार ५३९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख ७०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।