वास्तविक मजदुरले अधिकार पाएका छैनन्
भालुवाङ, दाङ कम्युनिस्ट नामको सरकार हुँदा पनि वास्तविक मजदुरहरुले अधिकार नपाएको र अहिले विश्व महामारीको बेला पनि मजदुरहरुको अबस्था भयाबह रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् ।
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक दाङले भिडियो कन्फ्रेन्स मार्फत १३१ औँ अन्तर्राष्ट्रिय मजदुर दिबस कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् । उक्त संगठनका जिल्ला अध्यक्ष हरि थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी मसाल दाङ जिल्ला प्रवक्ता भरत भण्डारी रहेका थिए ।
उनले कार्यक्रममा आफ्ना बिचार राख्दै पुजिबादी ब्यबस्थामा वास्तविक मजदुरहरुको हित हुँदैन , अहिलेको कोरोना भाइरसको विश्व महामारीमा पनि त्यो देखिएकोले मजदुरको हित र अधिकारको लागि नायाँ जनबादी क्रान्तिको जरुरी रहेको कुरा बताए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य , अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय सदस्य रामबहादुर घर्ती, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य कपिलदेब खनाल, अखिल नेपाल युबक संघका जिल्ला सदस्य डोरबहादुर केसी,अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघका जिल्ला कोषाध्यक्ष हरि खरेल लगायतले आ आफ्नो मन्तब्य राखेका थिए । भने कार्यक्रमको सहजीकरण जिल्ला सचिब तुलसीराम पन्थीले गरेका थिए ।

