म राहत हुँ
प्रकृति ले आफ्नो सृष्टिलाई
विभिन्न समयमा नङग्याउने क्रममा
आफ्नो डालो भित्र
बिपत्तिका विभिन्न नाम बोकेर
अतुलनीय क्षति गरिरहन्छ ।
कहिले बिनासकारी भुकम्पले
उफारेर पछार्दिन्छ,
कहिले बाढी पहिरो आई
छातिचिरी भत्काउदै सबै बगाइदिन्छ ।
कहिले डढेलोका मुस्लाहरुले
निरीह बस्ती जलाइ दिन्छ ।
कहिले अनविज्ञ जीवाणुले
महामारीको हत्कडी लगाइदिन्छ ।
त्यही बिपत्ति र संकटको चपेटा भित्र परि
रोहिरहेका, कराइरहेका र ढलिरहेकाहरुको
दर्दको मजेरीमा
उद्वारका सामग्री बोकेर जाने म हुँ राहत ।
तर ! मलाई
बाटै भरिका निकाय र खाइलाग्दाहरुले
चोक्ट्याउँनु हुन्छ,
टुक्र्याउनु हुन्छ,
काट्नु हुन्छ,
भाँच्नु हुन्छ,
आफैंले धेरै राख्नुहुन्छ ।
गुणस्तरीय बस्तु दौरा र पछेउरिले
ढाक्नु हुन्छ ।
गुणस्तरहीन सामान बाड्न
अगाडि राख्नु हुन्छ ,
धेरैले त मलाई बिच बाटोमै लुकाएर भाग्नु हुन्छ ।
मलाई जति तोकिएर जोखिएको छ ।
त्यो पिडाको बादलले छएको ठाउँमा जानदिनु हुन्न ,
महासय !
म राहत हुँ
जहाँ जहाँ आहात भएको छ
त्यहाँ त्यहाँ मलाई पुग्न देउ
जहाँ एक गाँस भात खान नपाएर
ओछ्यानमा लडिरहेका छन्
जहाँ एकसरो लाउँन नपाएर मरिरहेका छन्
जहाँ एक घुड्की पानी नपाएर
थुक ले तिर्खा मेटाइरहेका छन्
जहाँ सिटामोल नपाएर
आफ्नो ज्यान गुमाइरहेका छन् ।
अनि जहाँ जहाँ सिमानामा अलपत्र परि
गुहार मागिरहेका छन्
म त्यहाँ पुग्न चाहान्छु ,
राहत बनेर ।
कृपया ! मलाई
मेरो तौल नघटाई
मेरो रुप र गुणमा फेरबदल नल्याई
जस्ताको तस्तै जानदिनु होस्
सम्बन्धि घटना स्थलमा
ए महाशए !
मलाई !
शहरमा मात्रै नघुमाउँनोस पहाडी दुरदराजको आगनमा पनि पुग्ने
बाटो खोल्दिनोस र
नखोज्नोस मेरो भिजा
सिमानाका अलपत्र नेपालिहरुलाई
उद्वार गर्न गइरहेको बेला ,
हो म राहत हुँ !
मलाई नबांधियोस
कुनै नितिको झन्डाले
मलाई नखोजियोस
नाताबाद कृपाबाद्का जमिनदारहरुले
मलाई नबोकुन्
पहुँचको खोल ओढेकाहरुले,
म न्यायीक राहत हुँ ।
मलाई वितरण नगरियोस्
सोलि आकारले ,
मेरो नाम बेचेर आफ्नो घर नभरुन
लुट्न पल्केकाहरुले ।
म राहत हुँ राहत !
कसैको भागबन्डाको अंश होइन ।
म आहतमा भएकालाई राहत दियर
जिवनको सहास भर्छु सहास ।
अरुण ५ भोजपुर