सुर्खेतमा क्वारेन्टाइनबाट १३४ जना घर जादैँ
प्रकासित मिति : २०७७ बैशाख २०, शनिबार १९:२९
प्रकासित समय : १९:२९
वीरेन्द्रनगर,सुर्खेत खुलामञ्चमा रहेको क्वारेन्टाइनमा बसेका १३४ जनालाई घर पठाउन लागिएको छ । थ्रोट स्वाब’ परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि (शनिबार) घर पठाउन लागिएको हाे ।
क्वारेन्टाइनमा बस्नुपर्ने अवधि पूरा भएको र कोरोना संक्रमण परीक्षणमा नतिजा ‘नेगेटिभ’ आएपछि १३४ जनालाई घर पठाउन लागिएको हो । सेनाको व्यवस्थापनमा प्रदेश सरकारले सञ्चालन गरेको क्वारेन्टाइनबाट जाजरकोटका ३०, दैलेखका ५२, मुगुका ३२ सुर्खेत पश्चिमका १३ र वीरेन्द्रनगरपालिका भित्रका ९ जनालाई घर पठाउन लागिएको छ ।
सुर्खेबाट बाहिरी जिल्लामा जानेका लागि २ बस, २ फोर्स गाडी र २ जीपको व्यवस्था गरिएको क्वारेन्टाइन ब्यवस्थापन समितिले जनाएको छ । खुलामञ्च क्वारेन्टाइन मध्ये ५५ जनाको रिपोर्ट नेगेटिभ आएको बिहिबार नै घर पठाइएको क्वारेन्टाइन ब्यवस्थापन समितिले जनाएको छ ।