सचिवालय बैठक बस्नुअघि किन सुटुक्क शितल निवास पुगे प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीसँगको छलफलका लागि प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन् । सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास गएका हुन् ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार प्रधानमन्त्री ओली शनिवार अपराह्न साढे चार बे शितल निवास पुगको थिए । शनिवार दिउँसो ४ बजेका लागि बोलाइएको सचिवालय बैठकलाई साढे पाँचमा सारेर ओली शितल निवास पुगेका हुन् । त्यसअघि ओलीले उपाध्यक्ष वामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग छलफल गरेका थिए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव कुमार नेपाल समूहले प्रधानमन्त्रीको राजीनामा र स्थायी समिति बैठकबारे आजको बैठकमा निर्णय गराउँने तयारी गरेपनि ओलीले भने त्यसलाई अस्वीकार गर्ने स्रोतको भनाइ छ । सचिवालयमा ओलीले उपाध्यक्ष गौतम र गृहमन्त्री थापालाई समेत आफ्नो पक्षमा ल्याएको स्रोतको दाबी छ ।