बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु
प्रकासित मिति : २०७७ बैशाख २०, शनिबार १८:३६
प्रकासित समय : १८:३६
काठमाडाैँ, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ सचिवालय बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा भर्खरै प्रारम्भ भएको छ ।
पार्टीका आन्तरिक असमाञ्जस्यता र अप्ठ्यारालाई किनारा लगाउन निर्णायक ठानिएको बैठकले स्थायी कमिटी बैठक आह्वान गर्नेनगर्नेलगायत विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ । बैठकमा सचिवालयका सबै सदस्य उपस्थित छन् ।
बैठकअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’सँग भेटवार्ता गरेका थिए।