दिल्लीबाट साइकलमा विहार हिँडेका युवकको बाटोमै मृत्यु

काठमाडौं, भारतको नयाँ दिल्लीबाट साइकलमा बिहार हिँडेका एक युवकको बाटोमै मृत्यु भएको छ।

कोरोना भाइरसको संक्रमणका कारण एक महिनाभन्दा बढी देखिको लकडाउन नखुलेपछि साइकलमै विहार गइरहेका ७ जनामध्ये १ जना युवकको मृत्यु भएको हो ।

उनीहरु २७ अप्रिलमा बिहारको खगडिया जिल्लाका लागि निस्केका थिए । घटनापछि उनीसँगै साइकल गइरहेका अरु ६ जनालाई क्वारेन्टाइनमा राखिएको बीबीसीले जनाएको छ।