कोरोना महामारीका बीच पनि चीनले गर्यो शक्ति प्रदर्शन, विश्वमा तरंग

कोरोना भाइरसको महामारीका बीच चीन आफ्ना विभिन्न शक्ति प्रदर्शन गर्नमा लागि परेको छ । जसका कारण महामारीको प्रकोप भोगिरहेका देशहरु भने त्रस्त बनेका छन् ।चीनले हालै मात्र समुन्द्रमा लडाकु पानी जहाँज प्रदर्शन गरेको हो । पहिला चीनले मिलिट्री ड्रिल गर्यो । त्यसपछि एयरफोर्स ड्रिल गरेको थियो । अब चीनले दुबै नयाँ लडाकु जहाँज सेनालाई दिएको छ ।

अत्याधुनिक रहेका उक्त लडाकु जहाँजहरु चीनका नौसेनाहरुको ७१ औँ दिवसका अवसरमा चीनले नौसेनालाई दिएको हो । उक्त लडाकु पानी जहाँज टाइप-०९४ को रहेका छन् भने एटमी ब्यालेस्टिक मिसाइलबाट ल्यास रहेको छ । टाइप-०९४ सबमरीनले एकै पटकमा १६ जेयल-२ ब्यालेस्टिक मिशाइल बोकेर अन्यत्र लैजान सक्छ ।

उक्त मिशाइलको रेन्ज ७ हजार किलोमिटर रहेको छ । चीनले त्यस्ता ६ वटा लडाकु पानी जहाँज अहिलेसम्म बनाएको छ । चीन सरकारले त्यसको प्रदर्शन गएको वर्ष अप्रिलमा शानडोंग प्रान्तको क्विंगडाओ शहरस्थित समुन्द्र तटमा गरेको थियो । दुई मिसाइल बोक्ने लडाकु पानी जहाँज भने सरकारले गुपचुप रुपमा सेनालाई पहिल्यै दिईसकेको छ । चीन अहिले ०९६ टाइपको लडाकु पानी जहाँज बनाईरहेको छ । जो अहिलेको भन्दा पनि अत्याधिक आधुनिक हुनेछ । उक्त लडाकु जहाँजले २४ जेयल-३ एस ब्ल्यास्टिक मिसाइल बोक्न सक्नेछ । उक्त मिसाइलको रेन्ज १० हजार किलोमिटरको हुनेछ ।

त्यसपछि अमेरिका, युरोप, चीन, रुस सबै चीनको मिसाइलको रेन्जमा आउनेछन् । चीनसँग अहिले ०९५ टाइपको लडाकु पानी जहाँज रहेको छ । जो एकदमै तीव्र गतिको रहेको छ । हालै मात्र चीनको नौसेनाले जेयल-३ मिसाइलको सफल परिक्षण पनि गरिसकेको छ ।

चीन आफ्ना हतियार र शक्ति प्रदर्शनमा लागि परेको छ । हालै मात्र पनि चीनले स्वयं आफ्नो एयरक्राफ्ट करियर बनाएको थियो । जसमा जे-१५ फाइटर जेट्स राखिएको छ । त्यसपछि अन्य फाइटर जेट्समा पनि चीनले परिवर्तन गरेको थियो । चीनले टाइप-०५५ डेस्ट्रोयर पनि बनाएको छ जो परमाणु सञ्चालित छन् । यो चीनकै सबैभन्दा तीव्र गतिको लडाकु जहाँज हो । त्यो बाहेक नयाँ एन्टी सबमरीन पेट्रोल एयरक्राफ्ट पनि नौसेनासँग रहेको छ । त्यसको नाम गाओक्सिन-९ म्यारीटाइम एन्टी सबमरीन वोरफेयर प्लेन छ ।

गएको महिना मात्र चीनले कोरोना भाइरसको महामारीका बीच मिलिट्री ड्रिल गरेको थियो । त्यसपछि एयरफोर्स ड्रिल गरेको थियो । जसका कारण छिमेकी देशहरुमा चिन्ताको विषय बनेको थियो । चीनले शक्ति प्रदर्शन गरेपछि केहि देशहरुले सुरक्षाका लागि मिसाइल तैनाथ गरेका थिए । एजेन्सीको सहयोगमा