इटालीमा कोरोना भाइरसले २८ हजारभन्दा बढीको मृत्यु
प्रकासित मिति : २०७७ बैशाख २०, शनिबार ०७:३०
प्रकासित समय : ०७:३०
काठमाडौं ,कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन २६९ जनाको मृत्यु भएको छ ।
योसँगै इटालीमा मृतकको संख्या २८ हजार २३६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ९६५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ७ हजार ४२८ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये ७८ हजार २४९ जना उपचारपछि निको भएका छन् ।उपचार गराइरहेका १ लाख ९४३ जनामध्ये १ हजार ५७८ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।