झाडीमा बेवारिसे अबस्थामा भेटियो सकेट बम

अछाम, अछाममा बेवारिसे अबस्थामा सकेट बम भेटिएको छ । जिल्लाको ढकारी गाउँपालिका वडा न १ मा सकेट बम भेटिएको हो ।
ढकारी गाउपालिका १ का स्थानिय दिल बहादुर बुढाको घर नजिकैको झाडीमा बम फेला परेको ढकारी प्रहरी चौकीका ईन्चार्ज मदन सिंह धामीले जानकारी दिए ।

धामीका अनुसार उक्त बम दन्द्धकालमा छुटेको हुन सक्ने बताइएको छ । दन्द्भकालकाे अबशेष हुनसक्ने  ढकारी गाउपालिका वडा न १ का वडा अध्यक्ष भवानी प्रसाद उपाध्यायले बताए । उपाध्यायले भने दन्द्भकालका यस्ता अबशेषहरू अझै हुनसक्ने भन्दै सचेत हुन अनुराेध समेत गरे ।

उक्त सकेट बम भवानी बक्स गण मंगलसैनका सेनानी हरी बहादुर श्रेष्ठको टोलीले शुक्रबार साँझ ६ बजे उक्त बम डिस्पोजल गरेको बताइएको छ ।