प्रहरी निरिक्षक सारूले गरे सडकबाट बृर्धको उद्वार
भालुवाङ ,अहिले विश्वलाई कोरोना भाइरसले अक्रान्त बनाएको छ । नेपाल सरकारले कोरोना भाइरस रोकथामका लागि देश पुरै लकडाउन गरेको छ । अति अावश्यक काम बाहेक कसैलाई पनि बाहिर निस्कन दिएको छैन । साथीभाई,इष्टमित्र भेटघाट,भेला तथा कुनै पनि कार्यक्रम गर्न बन्देज लगाएको छ ।
अहिले अाम नागरिकलाई सरकारले घरभित्र सुरक्षित तरिकाले बस्न भनेको छ । तर सडकपेटीमा बस्ने,मानसिक सन्तुलन गुमाएका,बेसाहारा नागरिकको सुरक्षामा भने सरकारले ध्यान दिएको छैन । मानाै कि उनीहरू मानवनै होइनन् जस्तो ।
तर सुरक्षामा खटिने दाङका एक प्रहरी निरिक्षकले भने अाफै बेसहारा सहयोगापेक्षी बुवालाई उद्वार गरि दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा अाश्रममा ल्याई दिएका छन् ।
इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी निरिक्षक गंगाबहादुर सारूले राप्ती गाउँपालिका वडा नम्बर ४ मझनीगढमा बेवारिसे अवस्थामा फेला परेका भीष्म राउत नाम बताउने बर्ष ५८ का लमही नगरपालिका ३ कौडिया घर बताउने बेसहारा सहयोगापेक्षी बुवालाई प्रहरी निरीक्षक सारूले बिहीबार राति १०:०५ बजेको समयमा उद्दार गरि निलसागर सेवाश्रम पिपरीमा ल्याइदिएका हुन् । अाश्रममा ल्याइएका बुवाको स्वास्थ्य चेकजाँच गरि रातिमा अाश्रममा राखिएको अाश्रमका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।