जसबाट रोगी बा,आमाको उपचार गराउनु छ…

पसिना बगाउनु छ र अथाह पैसा कमाउनु छ ।
जसबाट रोगी बा,आमाको उपचार गराउनु छ ।

ब्यर्थै मनमा जवानीको अहम पालेर के गर्छौ 
आखिर अस्ताउनु छ र माटोसंगै बिलाउनु छ ।

तपाई तगारो नबन्नुहोस महोदय मेरो बाटोमा 
मलाई गएर सिमानामा दुश्मनहरु हटाउनु छ ।

तिमी बारम्बार प्रेम प्रस्ताव राखि नरहनु प्रिया
मैले आफुलाई प्रेम रोग लाग्नबाट बचाउनु छ ।

बिन्ति महलको सपना नदेखाइ दिनु मलाई
किनकि झुपडि भित्रै आनन्द”ले निदाउनु छ ।

रामाराेशन अछाम