कोहलपुर प्रबेशमा रोक, हवल्दारपुरमा स्थानीयहरुको पहरा
प्रकासित मिति : २०७७ बैशाख १९, शुक्रबार ११:१८
प्रकासित समय : ११:१८
नेपालगन्ज, बाँके कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै लकडाउनकाे पालना गराउन कोहलपुर प्रबेशमा कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउनलाइ कडाई गरेसंगै कोहलपुर प्रबेशमा कडाई गरिएको हो ।
स्थानीयहरुले कोहलपुर वडा न १४ हवलदारपुरमा प्रबेशमा रोक लगाएका छन । वडा अध्यक्ष टेकचन हरीजनको नेतृत्वमा राेक लगाइएकाे बताइएकाे छ । त्यस्तै स्थानियहरूले सडकमा पहरा दिएका छन ।
समाजसेबी प्रहरी र स्थानिय वासिन्दाहरु बबिता शाही, रिम घर्ती, मुना खड्का, चेतन शाही। दिवास न्यौपाने , चक्र क्षेत्री गोपाल तामोली र कमल मगर लगायतले सडकमा पहरा दिएको बताइएको छ । उनिहरुले भौतिक दुरी कायम गर्दै पहरा दिएको बताइएको छ ।
लकडाउनमा औषधी उपचार र खाद्यन्न ढुवानी सेवा स्वास्थकर्मी बैंक कर्मचारी र पत्रकार बाहेक सबैलाई रोक लगाएको बताइएको छ।