सुनिताले निलसागरलाई खाद्य सामाग्री दिएर जन्म दिन मनाइन्
भालुवाङ , राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी सुनिता गुरूङले अाफ्नो २१ अाैँ जन्म दिन फरक तरिकाले मनाएकी छिन् ।
स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था (हिको) का सल्लाहकार, निलसागर सेवा आश्रम दाङका अभिभावक, शुभचिन्तक, परोपकारी मनका धनी, अत्यन्तै सरल, मृदुभाषि,सामाजिक ब्याक्तित्व लुमबहादुर गुरुङ, काका जगत गुरुङ तथा वडा नम्बर ८ का वडा सदस्य एवम् राप्ती गाउँ कार्यपालिका सदस्य बिष्णु गुरुङकी छोरी सुनिताले बिहीबार राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवाआश्रमलाई खाद्य सामाग्री दिएर अाफ्नो जन्म दिन मनाएकी हुन् ।
विश्व व्यापीरूपमा महामारीको फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले अाश्रमलाई समस्या बनाएको भन्दै दाङ जिल्लालाई सडकआश्रीत सहयोगापेक्षी मानव रहित बनाउने ऎतिहासिक महाअभियानमा सेवाश्रमका लागि २ बोरा चामल, दाल, आलु, तरकारी, तेल प्रदान गरेकी हुन् ।