दाङमा आशाका किरणको अभियान , लकडाउन अवधी भर प्रहरीलाई खाजा

भालुवाङ , दाङको एक संस्थाले लकडाउनमा तेस्रो चरणको अभियान बिहीबार देखि सुरू गरेको छ ।

अरु अभियान निरन्तर रूपमा सञ्चालन भइरहँदा प्रहरी मेरो साथी भन्ने अभियानलाई कसैले ध्यान नदिदा रात दिन खटिने सुरक्षाकर्मी कोरोनाको जोखिममा त छन् ।

तर उनीहरूलाई भोक प्यास लाग्दा हेर्ने कोही नभए पछि राप्ती गाउँपालिकामा रहेको अाशाका किरणहरू नामक संस्थाले बुधबारदेखि होटल पौवा भालुबाङको सहकार्यमा लकडाउन अबधीभर राप्ती गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय भालुवाङ,प्रहरी चाैकी सिसहनियाँ,सस्त्र प्रहरी र ट्राफिक प्रहरीलाई खाजा र पानी खुवाउन सुरू गरेको संस्थाका अध्यक्ष सुर्यकिरण केसीले जानकारी दिएका छन् ।