सेनिटाइजर उत्पादन गर्दै तुलसीपुरका युवा

दाङ ,बजारमा सेनिटाइजर अभाव भएपछि दाङको । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा युएसएआइडीको आर्थिक सहयोगमा तुलसीपुरका युवाले स्थानीयस्तरमै   उत्पादन तालिम दिइएका छन।

तुलसीपुर क्षेत्रमा रहेका जेसिज, रोट्रयाक, निजी अस्पताल, महिला उद्यमीले संयुक्त रुपमा उत्पादनमा लागिपरेका छन्। यस क्षेत्रका विभिन्न ५० जना स्वयंसेवी युवालाई तालिम दिइएको र उनीहरुले पहिलो पटक १ हजार २ सय ५० लिटर सेनिटाइजर उत्पादन गर्न लागेको संघका सचिव विनिल केसीले बताए।

डब्लुएचओको मापदण्डअनुसार उत्पादन गरेको सेनिटाइजर स्थानीय सरकारको समन्वयमा तुलसीपुर उपमहानगरका १९ वटा वडाका स्वास्थ्य संस्थाहरुलाई पहिलो चरणमा निःशुल्क वितरण गरिने उनले बताए। फार्मेसी अधिकृत प्रवीन तिमिल्सिना र उपमहानगरका जनस्वास्थ्य प्रवर्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले २ दिनसम्म सेनिटाइजर उत्पादन सम्बन्धी तालिम दिएका थिए।

सेनिटाइजरमा ८० प्रतिशत अल्कोहल र अन्य केमिकलसँगै स्थानीय घ्युकुमारी र सुगन्धका लागि पुदिना प्रयोग गरिएको जनस्वास्थ्य निरीक्षक केसीले बताए। बजारमा आएका सेनिटाइजरहरुको विषयमा प्रश्न उठेको समयमा यहाँ उत्पादन भएको सेनिटाइजर भने मापदण्डमा रहेरै निर्माण गरिएको उनले दाबी गरे।