वडाध्यक्षलाई लक्षित गर्दै गोली प्रहार

काठमाडौं, कपिलवस्तुमा वडाध्यक्षलाई लक्षित गर्दै गोली प्रहार भएको छ । यशोधरा गाँउपालिका–८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानलाई लक्षित गर्दै शुक्रबार राति १ बजेको समयमा गोली प्रहार भएको हो ।

आफ्नै घरमा सुतेका वडाअध्यक्ष मुसलमानमाथि गोली प्रहार भएपछि उनलाई भने लागेको छैन । घटनास्थलबाट ३ वटा गोलीको खोका बरामद भएको र एकजना पक्राउ परेको प्रदेश नम्बर ५ का प्रहरी प्रवक्ता डीएसपी नवराज पोखरेलले जानकारी दिए । घटनाको अनुसन्धान जारी रहेको उनले बताए ।