भारतमा अझै दुई साता लकडाउन

नयाँदिल्ली,  भारतमा बन्दाबन्दी (लकडाउन) दुई साता थप भएको छ। बीबीसीका अनुसार केन्द्रीय गृह मन्त्रालयले देशभर लकडाउन थपिने घोषणा गरेको हो।

मन्त्रालयका अनुसार भारतमा अब मे १७ (जेठ ४ गते) सम्म कायम रहनेछ। लकडाउन बढाइए पनि ओरेन्ज र ग्रिन जोनमा खुकुलो बनाइएको छ। यद्यपि, पूरै देशमा हवाईजहाज, रेल, मेट्रो तथा एक राज्यबाट अर्को राज्यमा सडक मार्गबाट आवतजावत गर्न रोक लगाइएको छ।

शिक्षण संस्था, तालिम प्रदायक संस्था आदि धेरै भिडभाड हुने स्थान पनि बन्द रहनेछन्।