बेलायतमा कोरोनाबाट अहिले सम्म मृत्यु हुनेको संख्या २६ हजार ७७१ पुग्यो
प्रकासित मिति : २०७७ बैशाख १९, शुक्रबार ०८:३४
प्रकासित समय : ०८:३४
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र रुपमा देखिएको छ ।
बेलायतमा पछिल्लो २४ घण्टामा ६७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २६ हजार ७७१ पुगेको छ । बेलायतमा एकैदिन ६ हजार ३२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ७१ हजार २५३पुगेको छ ।
बेलायतमा संक्रमितमध्ये १ लाख ४४ हजार १३८ जना उपचाररत छन् । १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणले हाल विश्व त्रसित बनेको छ ।