काठमाडौंमा लकडाउन उल्लंघन गर्ने १ हजार ५१९ नियन्त्रणमा

काठमाडौं, प्रहरीले काठमाडौं उपत्यकाको विभिन्‍न ठाउँबाट लकडाउन उल्लंघन गर्ने १ हजार ५१९ जनालाई नियन्त्रणमा लिएको छ। यो आज दिनभरि नियन्त्रणमा लिइएकाहरूको तथ्यांक रहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

नियन्त्रणमा लिइएकामध्ये काठमाडौंबाट सबैभन्दा बढी १ हजार २४९, ललितपुरमा २४९ र भक्तपुरमा २१ जना छन्। त्यस्तै ५१२ वटा दुई पाङ्ग्रे र ३८ वटा चारपाङ्ग्रे गरी ५५० वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ।

कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनमा अटेर गरेर बाहिर निस्कने हरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । कोरोनाको जोखिम रोक्न सवैलाई घरभित्रै सुरक्षित रहने समेत प्रहरीले अनुरोध गर्दै आएको छ ।