कोरोनाले भारतमा १ हजार १५४ जनाको मृत्यु, ३४ हजार ८६३ संक्रमित
प्रकासित मिति : २०७७ बैशाख १९, शुक्रबार ०८:४७
प्रकासित समय : ०८:४७
काठमाडौं,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा ज्यान गुमाउनेको संख्या १ हजार १५४ पुगेको छ ।
भारतमा एकैदिन थप १ हजार ८०१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३४ हजार ८६३ पुगेको छ । भारतमा संक्रमितमध्य ९ हजार बढी उपचारपछि निको भएका छन् । २४ हजार ६४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सार्क मुलुकमा भारत सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा रहेको छ ।
एसियाली मुलुकको दोस्रो स्थानमा इरान र तेस्रमा चीन रहेका छन् । इरानमा हालसम्म ९४ हजार ६४० संक्रमित रहेका छन् भने ६ हजार २८ जनाले ज्यान गुमाएका छन् । चीनमा ८२ हजार ८ सय बढी कोरोना संक्रमित छन् भने ४ हजार ६३३ जनाको कोरोनाको संक्रमणबाट ज्यान गएको छ ।