बिद्यार्थी नेता ऐन महरलाई पत्रः कमरेड तपाईं एक गुट एक समुहको नेता होइन
मेराे आदरणीय कमरेड ऐन महर लाल सलाम ।
हुन त तपाइले लाल सलाम शब्द खासै प्रयोग गर्नु हुन्न भन्ने सुनेको छु । खैर देशमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र ती विकसित राजनितिक घटना प्रती तपाइले ब्यक्त गर्ने गरेका व्यवाहारिक प्रतिक्रिया मैले तल बसेर नियाली रहदा तपाइको शुभचिन्तकको नाताले केही लेखौँ भन्ने लाग्यो ।
प्रथमतः तत्कालीन अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङलाई पछाडी हट्न लगाई तपाईं अर्थात तत्कालीन अनेरास्ववियु सचीवलाई पार्टिले संगठनको नेतृत्व गर्ने जिम्मेवारी दियो ।
कामरेड रन्जितले पनि पार्टिले दिएको जुनसुकै जिम्मेवारी सम्हाल्न तयार हुनुभयो र आफू भन्दा जुनियर अर्थात तपाईं संयोजक हुदा उहाँ सजिलै सह संयोजकका रुपमा बस्नु भयो । तपाईं पदिय हैसियतले संयोजक रहेता पनि ब्यवाहारिक ढङ्गले कामरेड रन्जित लगाएत सम्पुर्ण संगठनलाई संगठनले चाल्ने कदमबारे समय समयमा परामर्श गर्न जरुरी हुन्छ । नत्र पार्टिलेजे झेलिरहेको छ तपाइका यस्ता कदमले त्यहि समस्या संगठनमा पनि आउने देखिन्छ ।
त्यसैगरी तपाइका अहिलेका गतिविधि हेर्दा लाग्छ तपाइले विद्यार्थीको अर्थात अनेरास्ववियूको नेतृत्व गरिराख्नु भएको छ भन्ने कुनै पनि कोणबाट लाग्दैन । किनभने पछिल्लो समय हामिले तपाइका हरेक गतिविधि नियाल्दै आइरहेका छौँ ।
तपाईं टेलिभिजनमा अन्तर्वार्ता दिन जानू हुन्छ तपाइको बहसको मुद्दा शिक्षा हुदैन बरु सरकारको बचाउ गर्दै पसिना पुछ्दै तपाईको गला सुकिहाल्छ । सडकमा जानू हुन्छ त्यो पनि विद्यार्थीको मुद्दा हुदैन । लौ न यस्ले त यस्ले त सरकारमाथी सवाल गर्यो भन्दै उसैलाइ लखेट्नु हुन्छ । लकडाउनको धज्जी उडाउदै नाराबाजी गर्नु हुन्छ ।
कतै कुनै विषयमा छलफल गर्न जान पर्यो भने आफुलाई मन पर्ने मन पर्ने एक दुइ जनालाई छानेर पछिपछि हिडाएर जानू हुन्छ । लौ यहाँसम्म त ठिक छ पचाइएला रे समाजिक संजालमा हेरौँ भन्यो सवाल गर्नेलाई कुकुर गिद्द भन्दै स्टाटस पोस्ट्याउनु हुन्छ । मैदानमा तपाईं वरिपरिका मान्छे डबल गाडिभाडा माग्दै संगठनकै धज्जी उडाउछन । कामरेड महर यी सब गतिबिधि हेर्दा तपाई राजनितिक कार्यकर्ता जस्तो लाग्दैन लाग्दैन गौरबशाली संगठनको नेता जस्तो झनै लाग्दैन ।
मैले माथी लेखेका कैयन सवाल तपाईं लगाएत केहिलाई चित्त न बुझ्लान तर सत्य त यहि हो नि कमरेड यो शैली जति सकिदो सुधार्न जरुरी देखिन्छ ।
विद्यार्थी राजनितिको परिभाषा यसरी हाम्रो पालामा बदनाम न गरौ भन्ने मेरो बुझाई हो । तपाइले प्रयोग गर्ने गरेको वाक्य विद्यार्थीले रचनात्मक प्रतिपक्षीको भुमिका खेल्नपर्छ भन्ने वाक्य व्यवहारमा उतार्न हामी आम कार्यकर्ता बिनम्र अनुरोध गर्दछौँ ।
तपाईं एक गुटको ,एक समुहको नेतृत्व होइन । तपाईं एक नेताको गोटि पनि होइन । तपाईं अनेरास्ववियुको पनि नेता हैन । तपाईं त नेपालको गौरवशाली ,महान संगठन अनेरास्ववियूको नेता पो हो संयोजक पो हो कि कसो कामरेड ?
तपाइको शुभचिन्तक
लक्ष्मण मानव
एक विद्यार्थी